add

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा






ActPro Nepal

|

१७ साउन, २०७८

|
1041

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन  जनालाई पक्राउ गरेको छ ।

उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । 

चोरीमा संलग्न गिरोहलाई बिशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न बिशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निग्रानी पश्चात हिजो साँझ पल्सर मोटरसाइकल सहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने र खोजतलास गर्ने कार्य भईरहेको  उनले बताए । 

पक्राउ पर्नेमा भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकल सहित रामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु पक्राउ परेका हुन । 

बास्तबिक नं बा ९७प १३०५ भएको कालो, रातो रङको १५० सी.सी.को उक्त पल्सर मोटरसाइकलको नम्बर परिबर्तन गरि बा९५प ४१६८ भएको अबस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरि पशुपति क्षेत्रबाट हराएको किर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६प ८८३६ नं को कालो एनएस पल्सरको बास्तबिक नम्बर परिबर्तन गरि बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाईकल सहित तीनै जनालाई थप अनुसन्धान एव कानूनी कार्बाहीको लागी प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.