add

भारतीय एसएसवीले भन्यो–महाकालीमा तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन






ActPro Nepal

|

१७ साउन, २०७८

|
1212

काठमाडौं । तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

शुक्रबार दिउँसो ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइन चढेर भारतको बाटो हुँदै खलंगा आउने क्रममा नेपाली युवक जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले यस्तो जवाफ दिएको हो। 

एसएसबीका एक जवानले तुइनको डोरी काटिदिएपछि ती नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको विवरण केही प्रत्यक्षदर्शीले समेत सार्वजनिक गरिरहेका बेला भारतीय पक्षले घटनाको ढाकछोप कोसिस गरेको हो। 

भारतको उत्तराखण्डस्थित पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ फर्काउँदै उक्त घटनामा एसएसबीको संलग्नता अस्वीकार गरेका हुन्। 

घटनापछि युवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ । घटनाको छानविनका लागि गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

उक्त घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ भने विभिन्न राजनीतिक दल तथा संगठनहरूले छानविनको माग गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.