दोस्रो विश्वयुद्धपछि केनेसियन अर्थशास्त्र सिद्धान्तको प्रभावस्वरूप अभ्यासमा ल्याएको बैंक कर्जा प्राथमिकीकरणको नीति कतिपय मुलुकमा सफल भएको छ । कतिपय मुलुकमा भने उपलब्धिमूलक हुन सकेको छैन । दोस्रो विश्वयुद्ध विजेता राष्ट्रहरुले अन्तर्राष्ट्रिय नयाँ मौद्रिक व्यवस्था निर्माण गरी लागु गरे । अन्तर्राष्ट्रिय नयाँ मौद्रिक व्यवस्थाको केन्द्रबिन्दुमा स्थिर विनिमय दर प्रणाली रह्यो, जसको कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय मुद्राकोष र…