भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरू भएको छ। सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन्।खेलाडीहरूले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने हुँदा यसले भविष्यमा व्यक्तित्व विकासमा समेत विशेष योगदान रहेकोले पालिकाले खेलकुद प्रतियोगिता गरेको जनाइएको छ। …