नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो ।नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ । विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ…