साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो नेपाल

काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए…