काठमाडौं । ओलम्पिक काँस्य पदक विजेता पलेशा गोवर्धनलाई नेपाल उद्योग वाणिज्य महासंघले ३ लाख नगदसहित सम्मान गरेकाे छ।शुक्रबार महासंघले आफ्नै कार्यालयमा बोलाएर गोवर्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र…