एजेन्सी। अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् लिजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । मेस्सीले १५३ खेलमा…