काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन्…