काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार ४ देखि ६ भदौसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।यसकासाथै काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने कार्यलयले जनाएको…