काठमाडौं । वातावरण विभागले धेरै धुवाँ फाल्ने गाडीलाई पुस १ गतेबाट एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।विभागले बिहीबार सूचना प्रकाशित गरी त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो ।पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था…