काठमाडौं महानगरले तयार पार्‍यो १२५ सहरी योजनाको डीपीआर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १२५ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ ।महानगरले १ अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको डीपीआर तयार पारेको हो ।यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा…