गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता

काठमाडौं । गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् ।गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका–५, रेसामा घर र कृषि फर्म बगाएको हो । स्थानीयका अनुसार पाँचजना बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थल जाँदै छ र प्रहरी टोली पुगेपछि घटनाको विस्तृत विवरण आउने जनाईएको छ ।