नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।बाटो बन्द हुँदा सवारी साधन र यात्रुहरु बीच बाटोमै रोकिएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।एकनास…