काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (आइतबार)देखि प्राथमिक साधारण सेयर (आइपीओ ) बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ।सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन म्याद फागुन २५ गतेसम्म लम्बिन सक्छ।…