विद्युत प्राधिकरणले दियो सेवा प्रदायक कम्पनीलाई यस्तो चेतावनी, असोज १५ भित्र सम्झौता नगर्नेको तार काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरूको अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला पनि हटाउन सक्ने चेतावनी दिएको छ ।  प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै असोज १५ भित्र नियमअनुसार सम्झौता नगर्ने सेवाप्रदायकहरूको प्राधिकरणको विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको…