वुहानमा रहेका नेपालीको उद्दार चाँडै गर्छौं : परराष्ट्र मन्त्री

काठमाडौं-परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्।केही दिन यता वुहानमा रहेका नेपालीहरुले आफूहरुको उद्दारका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका छन् । कोरोना भाइरसको उद्गम मानिएको वुहानमा रहेका नेपालीहरु आफूहरुलाई संक्रमण हुने त्रासमा छन् ।उनीहरुले यथाशक्य चाँडो नेपाल सरकारले उद्दारका लागि पहल गरोस भन्ने आशा…