काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्तागठबन्धनभित्र रहेका दलहरूबीच समन्वय र सन्तुलन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी तथा मन्त्रीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा समग्र राजनीतिक अवस्था, सरकारको प्रदर्शन, र शिक्षक आन्दोलनबारे व्यापक छलफल भएको जानकारी दिए।‘सरकारको पर्फमेन्स अझै राम्रो…