काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले महिला तथा दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनाहरू रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले देशभर हत्या तथा हिंसाका घटनाहरू बढेको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे।उनले मधेस प्रदेशमा दलित समुदायमाथि भइरहेको दमनविरुद्ध प्रदेश सरकार मौन बसेको भन्दै सरकार सत्ताको बाँडफाँडमै…