काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक सुधार गर्ने घोषणा गरेका छन्। सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय समितिको दोस्रो बैठकमा लामिछानेले राजनीतिक प्रतिशोधको पीडादायी अनुभव सुनाउँदै अब संगठनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।बैठकमा बोल्दै उनले भने, "राणा शासन र पञ्चायत झेलेनौँ, तर यो दौरान राज्यको राजनीतिक प्रतिशोध…