राष्ट्रियसभा चुनाव आज ४५ उम्मेद्वार, दुई हजार ५६ मतदाता

राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज   बिहानदेखि हुँदैछ  । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्र समेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन।निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख…