बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बिहिबार सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ४५० निर्धारण गरिएको छ…