काठमाडौं । यो साता लगातार चौथो दिन पनि सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेर त्यसयता निरन्तर बढेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८…