काठमाडौं। पोर्न भिडियो बनाएको विषयमा पक्राउ परेका बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जुलाई २३ सम्मका लागि उनलाई न्यायिक हिरासतमा राख्न अनुमति दिइएको हो ।उनलाई सोमबार राति मुम्बई प्रहरीले पक्राउ गरी आज मंगलबार अदालतमा उपस्थित गराएको थियो । यो विषयमा मुम्बई प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ…