चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र बुधबार साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।