काठमाडौँ । हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ व्यावसायिक भिडन्तको अवस्थामा आइपुगेका छन्।दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्दै आएको छक्कापन्जा चलचित्र शृङ्खलाको भाग ३ सम्म दीपक र जितु सँगसँगै थिए। दीपक–दीपाले ‘छक्कापन्जा–५’ बनाइरहँदा जितु नेपालले ‘ज्वाइँसाब’ बनाएका छन्। छक्कापन्जा–५ मा केदार घिमिरे, निर्मल शर्मा…