काठमाडौं । सन् २०२२ जनवरी ७ मा रिलिज हुन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ लाई आउँदो वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको छ । रिलिजको पहिलो दिन भारतमा मात्र फिल्मले ८० करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ । साउथ सुपरस्टार जूनियर एनटीआर र रामचरण मुख्य भूमिकामा रहेको फिल्ममा बलिउडबाट अजय देवगन र आलिया भट्टको पनि अभिनय गरेका…