काठमाडाैं । नवलपरासी क्षेत्रनम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । अर्बपति समेत रहेका उद्याेगी चौधरी २३ हजार ८६१ मत ल्याएर निर्वाचित भएका हुन् ।बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई ५ हजार ६४० मतान्तरले जितेका हुन्।उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले १८ हजार २२१ मत प्राप्त…