काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म २८ जनामा कोरोना अर्थात् कोभिड–१९ देखा परेको छ । २८ मध्ये १६ जना इटलीका पर्यटक भएको बताइएको छ । भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले त्यहाँबाट मास्क निर्यातमा रोक लगाएको घोषणा पनि गरेका छन् । भारतमा कोरोना देखिएसँगै नेपालमा पनि कोरोना भित्रनसक्ने सम्भावनालाई दृष्टिगत गरी जनस्तरबाटै सजगता अपनाउनुपर्ने देखिएको छ…