यती एयरको जहाजमा समस्या आएपछि उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पोखरामै आपतकालीन अवतरण गरिएको छ ।पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएपछि जहाजलाई पोखरामै अवतरण गराइएको हो ।उडान भरेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।आज बिहान ८ बजेर ५४ मिनेट जाँदा पोखराबाट उडेको जहाज…