काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागका अनुसार सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सगरमाथासहित २६ हिमालका लागि ११९ समूहका १ हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्, जसमा २४० महिला र ८८७ पुरुष छन्। सगरमाथाका लागि…