६ एसएसपीको सरुवा : काठमाडौं परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका छ एसएसपीको सरुवा गरेको छ। सरुवामा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी बसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई पठाइएको छ।परिसरका प्रमुख एसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको आठ महिनामै सरुवा भएको…