वीरगन्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका…