काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदेबालीका रुपमा रहेको आलुखेती सुरु गरेका छन्। विगतका वर्षहरुमा निर्वाहमुखी आलुखेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलुखेती गरेका हुन्।कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर पाँच लाख रुपैयाँको लगानीमा आलुखेती गरिएको…