भरतपुर महानगर : मतगणना केहीबेरमा सुरु हुने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना केहीबेरमा सुरु हुने भएको छ ।अहिले दलहरूका प्रतिनिधिलाई परिचय पत्र दिने काम भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले छिट्टै मतगणना सुरु हुने बताए । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर उम्मेदवार छन् ।कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।