add

भारतले बनाइदियो सुनसरीमा दुई विद्यालय भवन






ActPro Nepal

|

२४ जेठ, २०८१

|
205

काठमाडौं । भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ६३ लाख रुपैयाँमा सुनसरीस्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र कुल ३ करोड ५ लाख रुपैयाँमा भगवती माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरे।

भारत सरकारको अनुदान सहयोग भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकारको अनुदान सहयोगमा भगवती माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।

नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना भारतले जनाएको छ। यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् भने ४९० वटा परियोजना सम्पन्न भइसकेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.