add

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द






ActPro Nepal

|

१९ जेठ, २०८१

|
214

वर्दिया । अत्यधिक गर्मीका कारण गुलरिया नगरपालिकाका  विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप छ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिए । वर्षे बिदाबाट कट्टा हुने गरी, विद्यालयको प्रशासनिक कार्य गर्न, गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको शिक्षा शाखा प्रमुख यादवले बताए ।

अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेको छ । बिरामीको चापले अस्पतालमा शैय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामीको सङ्ख्या दिनप्रति दिन बढिरहेका छन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.