add

नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौं : मन्त्री श्रेष्ठ






ActPro Nepal

|

९ चैत, २०८०

|
105

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी छिन्। 

शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा उनले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरुले नभएर स्थानीय तहले डेलिभरी गर्ने भएकाले स्थानीय तहको धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी हुन्। 

उनले भनिन,‘प्रदेश र स्थानीय तहसँग कुराकानी थालेको छौं। अब आउने नीति तथा कार्यक्रम देशका शिक्षा सम्बन्धी संघहरुले डेलिभरी गर्ने होइन। स्थानीय तहले गर्ने हो। त्यसैले उहाँहरुको रिपोर्ट र धारणालाई पनि समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा राख्छौं।’

उनले आफू सँधै सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुने प्रतिबद्धता जनाउँदै भनिन्, ‘प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नहरुको लिस्ट बनाएर त्यसको एउटा समय नै लिएर सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुन्छु।’ 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.