रोयल्टी कलेजले स्वागत,सम्मान तथा विदाइ कार्यक्रम गर्ने

रोयल्टी कलेजले स्वागत,सम्मान तथा विदाइ कार्यक्रम गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जोरपाटीको नयाँ बस्तिमा रहेको रोयल्टी कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुका लागि स्वागत,सम्मान तथा कक्षा १२ पास भएका विद्यार्थीहरुलाई विदाई कार्यक्रम गर्ने भएको छ ।

फागुन २० गते शनिबारका दिन बिहान ११ बजेदेखि नयाँ बस्तिमा रहेको दिप ज्योति बैंकुटमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड अन्तरर्गत बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल स्पन्दनको प्रमुख आतिथ्यता रहने कलेजले जनाएको छ। साथै कलेजले सोहि दिन आफ्नो विद्यालय रोयल्टी सेकेण्डरी स्कूलको अभिभावक दिवस समेत मनाउन लागेको हो।

उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी,शिक्षक तथा अभिभावकहरुलाई उपस्थित हुनको लागि कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्दले अनुरोध गरेका छन । उनका अनुसार सो कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ पास भएका विद्यार्थीहरुलाई विदाई गरिने भएको छ ।

कार्यक्रममा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ  ।

Recent Comments

No comments to show.