add

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तह विद्यालयमा बिदा लम्ब्याइँदै






ActPro Nepal

|

३० जेठ, २०७९

|
752

काठमाडौं । कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् ।

विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् ।

भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको उनले बताए ।

नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्रसमेत गरिएको छ । “गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनगर गर्दै बिदा थप गरेका छौँ,” उनले भने ।

गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् । वर्षा नहुँदा कञ्चनपुरमा दिउँसोको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ ।

दिउँसोको बेला बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत निकै अप्ठेरो हुने गरेको छ । गर्मीका कारण बजार क्षेत्रमा हुने चहलपहलमा समेत निकै कमी आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.