काबुल । अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ। सात महिनापछि विद्यालय खुलेको पहिलो दिनमा नै बुधबार तालिवान प्रशासनले यस्तो घोषणा गरेका हो। सरकारको यो घोषणासँगै अब छात्राले कक्षा ६ भन्दामाथिको औपचारिक शिक्षाका लागि विद्यालय जान पाउने छैनन्।
शिक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार अर्को वैकल्पिक योजना तयार नहुन्जेलसम्म छात्राका लागि विद्यालय बन्द रहनेछन्।
'कक्षा ६ माथि छात्राहरु भएका विद्यालय अर्को आदेश नआउन्जेलसम्मका लागि बन्द गरिएको जानकारी गराउछौँ,' मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ।
एएफपीसँगको वार्तामा तालिवानका प्रवक्ता ईनामुल्ला समंगनीले सो निर्णयको पुष्टि गरेका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने, 'हामीलाई यस विषयमा कुरा गर्न असमर्थ छौँ।'
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।