add

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान






ActPro Nepal

|

२५ कार्तिक, २०७८

|
1015

काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल सकिएसँगै समितिले आज गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त मागेको हो। 

५ हजार दस्तुर तिरेर आगामी मंसिर ९ गतेभित्र दरखास्त दिन सकिने समितिले जनाएको छ। दरखास्त फारम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने र शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सकिने छ। 

बोर्डको अध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा बाह्र वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षसहितको अनुभव हुनुपर्ने लगायतका योग्यता तोकिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.