add

भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहले पायो मदन पुरस्कार






ActPro Nepal

|

८ असोज, २०७८

|
1516

काठमाडौं । मदन पुरस्कार ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय भएको छ । मदन पुरस्कार गुठीको विहिवार बसेको बैठकले २०७७ को मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कारको निर्णय गरेको हो ।

यस वर्ष जगदम्बा-श्री पुरस्कारबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय भएको छ । गुठीमा प्राप्त २२२ पुस्तकमध्ये नौ वटा पुस्तक मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए ।

मदन पुस्कारका लागि छनोट भएको पुस्तकमा इङ्नामले राणा, पञ्चायत र शाह कालमा पूर्वी नेपालको लिम्बूवान क्षेत्रको सुभाङ्गी प्रथाको विषयमा खोजमूलक विषय समेटेका छन् । त्यस्तै सम्मानित हुन लागेका थापा लामो समयदेखि नृत्य विधाको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञानमार्फत यस क्षेत्रको विकासमा लागेका छन् ।

गुठीले विसं २०१३ देखि मदन पुरस्कार वितरण गर्दै आएको छ । नेपाली कला र साहित्यमा यो पुरस्कारलाई प्रतिष्ठित मानिन्छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.