add

कक्षा १२ को परीक्षा छिटो संचालन गर्न समितिको सरकारलाई निर्देशन






ActPro Nepal

|

४ भदौ, २०७८

|
947

काठमाडौं । ​प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै संचालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई-दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्। सांसद जयपुरी घर्तीमगरले बिना विकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन्।

समितिको सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्नसमेत गरिन्।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए। उनले विद्यार्थीलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे।

कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा संचालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ। समितिका अर्का सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए।

उनले परीक्षा संचालनका लागि विद्यार्थीलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत पनि गराए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टीकरण दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.