add

मंगलबारदेखि चीनको वुहानका विद्यालय खुल्ने






ActPro Nepal

|

१४ भदौ, २०७७

|
558

वुहान । चीनको वुहानमा मंगलबारबाट विद्यालय खुल्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु गर्न लागिएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् । सूचना नगरिएका विदेशी विद्यार्थी तथा शिक्षकलाई भने विद्यालय जान रोक लगाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.