add

त्रिविमा शिक्षक नियुक्ती गर्ने नयाँ नीति तयार






ActPro Nepal

|

१३ भदौ, २०७७

|
591

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अंक प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त कक्षामा शिक्षकको व्यवस्थापन नयाँ तरिकाले गर्ने उद्देश्यले निर्देशिका जारी गरी कार्यान्वयनका लागि सबै क्याम्पस प्रमुखलाई पठाइएको जानकारी दिए । भदौ १ बाट लागू हुने गरी यो निर्देशिका जारी गरिएको जानकारी त्रिविले दिएको छ ।

आंशिक शिक्षक अब करार नहुने

नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो । अब भने नयाँ तरिकाले शिक्षक नियुक्ति र व्यवस्थापन गरिने भएको छ ।

सोअनुसार प्रतिक्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपैयाँका दरले र प्रतिपिरियड ५ सय रुपैयाँका दरले भुक्तानी दिने गरी शिक्षकलाई पारिश्रमिक दिइने भएको छ ।

सेमेस्टर प्रणालीको हकमा ५ महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिका आधारमा शिक्षकलाई भुक्तानी दिइने जनाइएको छ । एकै शैक्षिक सत्रमा तीन क्रेडिटभन्दा कम वा एक सय पूर्णाङ्कको कोर्स वा विषयभन्दा कम कक्षाभार लिने गरी कुनै पनि व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको अध्यापन कार्यमा सम्झौता गराउन नपाइने प्रावधान बनाइएको छ ।

यसका साथै विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत भएका शिक्षक तथा त्रिवि सेवा आयोगले प्रकाशित गरेको नतिजामा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई अतिरिक्त कक्षा अध्यापनमा सहभागी गराउने नीति लिएको छ । विश्वविद्यालयले अवकाश प्राप्त शिक्षकले अवकाशपछि कक्षा लिन चाहेमा त्यस्ता शिक्षकबाट पनि सेवा लिने व्यवस्था मिलाउन मातहतका क्याम्पसलाई निर्देश गरेको छ ।-गोरखापत्र दैनिक


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.