add

११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय, पाठ्यपुस्तक छपाइ शुरू






ActPro Nepal

|

५ भदौ, २०७७

|
746

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो ।

केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको जनाएको हो । ‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी आउन नसकेर केही समस्या परेको छ, तैपनि तोकिएकै समयमा छपाइ सक्नेछौं।’–केन्द्रका प्रवक्ता चित्र आचार्यले भन्नुभयो ।

प्रवक्ता आचार्यले नेपाली, अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षाको छपाइ प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सकभर भदौ महिनाभित्र छपाइ सक्ने गरी काम शुरू गरिसकेका छौं ।’

सरकारले कक्षा १ देखि १२ सम्मको शिक्षा माध्यमिक तह उल्लेख गरिसकेको छ । सोहीअनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्ने अधिकार जनक शिक्षाको भएकाले जनकले छपाइ र बिक्री गर्ने तयारी गरेको छ ।

सरकारले चालू शैक्षिकसत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यपुस्तक छपाइको तयारी गरेको हो । पाठ्यक्रम विकास केन्द्रले करिब दुई साताअघि कम्प्युटर रेडी कपी ९सीआरसी० उपलब्ध गराएपछि जनकले छपाइ प्रक्रिया अघि बढाएको हो । जनकका प्रवक्ता आचार्यले एसईई परीक्षामा विद्यार्थीको उत्तीर्ण संख्याका आधारमा पुस्तक छपाइ शुरू गरिएको बताउनुभयो ।

एउटा पुस्तकको करिब ४ लाख थान छपाइ गर्ने आचार्यको भनाइ छ । तर एक कर्मचारीले प्रतिकिताब २५ हजारको दरले छपाइ गर्ने अनुमति पाएको बताएका छन् ।- नेपाल समाचारपत्र


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.