add

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, विद्यालयले यसरी गर्नुपर्नेछ ग्रेड निर्धारण






ActPro Nepal

|

१० असार, २०७७

|
786

काठमाडौं, । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ ।

कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।

कोरोनाको महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ४ट(१) मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविध तयार गरेको हो ।

कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ । कार्यविधिमा समय तालिका भने खुलाइएको छैन ।

गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.