add

असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाइ,कुन विषयको कक्षा कहिले तालिका सहित






ActPro Nepal

|

३२ जेठ, २०७७

|
1082

काठमाडौं । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ असार १ गतेदेखि अनिवार्य कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसको लागि एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्नेछ ।

पहिलो चरणमा कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ।

त्यस्तै कक्षा १–८ को एनटिभी प्लस र रेडियो नेपालबाट पढाइने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर पहिलो चरणमा असार मसान्तसम्मको तालिका सार्वजनिक गरेको छ ।

त्यसपछि थप पाठ्य सामग्री तयार हुने केन्द्रले जनाएको छ । केन्द्रले कक्षा ९ र १० को ६ वटा अनिवार्य विषय र १ देखि ८ सम्म विज्ञान, गणित र अंग्रेजी विषय पढाउन लागेको जनाएको छ । सार्वजनिक गरिएको समयतालिकामा बिहान १० बजेदेखि ४ घन्टा पढाइ हुने उल्लेख छ ।

बढ्दो स्वास्थ्य जोखिम र जारी बन्दाबन्दीको स्थितिमा स्थानीय तह र विद्यालयले आफ्नो ढङ्गबाट तयारी गरिरहेका बेला सरकारको मार्गदर्शनपछि वैकल्पिक प्रणालीलाई हालका लागि निर्विकल्पको रुपमा प्रयोगमा ल्याएको हो ।

तर प्रत्यक्ष कक्षामा पढ्ने आदत र परीक्षामुखी प्रणालीको अभ्यासमा यो विकल्प स्थापित गर्न तत्काल सहज हुन भने गाह्रो रहेको विज्ञहरुको भनाइ छ।

काठमाडौँकै धेरैजसो अभिभावकका पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार ५२० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन् ।

सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये तीन हजार ६७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.