नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान

नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबिआई बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २८ गते मंगलबार आर्मी अफिसर्स क्लबमा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सक्ने गरि सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ३.४७ नगद गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख छ । 

त्यस्तै साधारणसभा सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च अनुमोदन गर्ने, सहायक कम्पनीको विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन पनि गर्ने छ। 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १५ देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Recent Comments

No comments to show.